बागमती प्रदेशमा एमालेका तर्फबाट बन्ने छ जना मन्त्री को–को हुन् ?

हेटौंडा, २० साउन । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज सपथ ग्रहण गरेसँगै नेकपा एमालेका तर्फबाट मन्त्री बन्ने व्यक्तिहरूको नाम प्रायः टुंगिएको छ। एमालेका अधिकांश मन्त्रीहरू आजै नियुक्त भई सपथ लिने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।

एमालेबाट यसअघिको सरकारमा समेत संलग्न एक जना मन्त्री भने पुनः दोहोरिने भएका छन्, भने अन्य पाँच जना नयाँ अनुहार हुने निश्चितजस्तै छ। दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर हुन्।

एमालेका तर्फबाट सम्भावित मन्त्रीहरूको विवरण यसप्रकार छः

किरण थापा मगर – स्वास्थ्य मन्त्री (पुनः नियुक्त)

जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्री (काठमाडौँ)

भरतबहादुर केसी – वन तथा वातावरण मन्त्री (दोलखा)

मधुसुधन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्री (ललितपुर)

डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्री (काठमाडौँ)

बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री (काठमाडौँ)

आज दिउँसोसम्म कुनै फेरबदल नभए यी नामहरू अन्तिम हुने र उनीहरूले आजै सपथ लिने तयारी गरिएको एमाले स्रोतले जनाएको छ। यता, सत्ता साझेदार नेपाली कांग्रेसबाट भने प्रारम्भिक चरणमा दुई जना मात्र मन्त्री नियुक्त हुने सम्भावना रहेको बुझिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर