सिन्धुलीका श्रेष्ठ माओवादीको स्कुल विभागको उपप्रमुख नियुक्त

काठमाडौँ, १९ साउन नेकपा (माओवादी केन्द्र)को साउन १६ गतेदेखि तीन दिनसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सिन्धुलीका नेता गंगानारायण श्रेष्ठलाई पार्टीको केन्द्रीय स्कुल विभागको उपप्रमुखमा नियुक्त गरेको छ।  श्रेष्ठलाई यसअघि नै केन्द्रीय सचिवको जिम्मेवारी पनि दिइएको थियो।

श्रेष्ठ नेपाल समाजवादी पार्टी (नेसपा)का सह–अध्यक्ष रहेका थिए। झन्डै १० वर्षपछि उनी २०८२ साल जेठ १२ गते औपचारिक रूपमा पुनः माओवादी केन्द्रमा फर्किएका हुन्। पार्टीमा फर्किएपछि उनलाई केन्द्रीय कमिटीमा सचिव बनाएको छ भने संगठन भित्र उनी २३औँ वरियतामा परेका छन्।

श्रेष्ठ हाल बागमती प्रदेशसभा सदस्यसमेत हुन्। लामो समयदेखि बाम राजनीति र जन आन्दोलनमा सक्रिय रहेका श्रेष्ठलाई माओवादी केन्द्रले अनुभव, क्षमता र सांगठनिक योगदानको मूल्याङ्कन गर्दै स्कुल विभागजस्तो महत्वपूर्ण संरचनामा जिम्मेवारी दिएको हो।

माओवादी केन्द्रको स्कुल विभाग पार्टीको नीति, शिक्षा र कार्यकर्ताको राजनीतिक प्रशिक्षणसँग सम्बन्धित महत्त्वपूर्ण संगठनात्मक अंग हो। उपप्रमुखको हैसियतमा श्रेष्ठले आगामी दिनमा पार्टी प्रशिक्षण, राजनीतिक शिक्षा र संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर