पूर्वराष्ट्रपति भण्डारीलाई एमालेद्वारा बाइपास, उपराष्ट्रपति पुन माओवादीमा छैटौँ वरियतामा

काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) ले औपचारिक भूमिकाबाट पन्छ्याएको देखिएको छ भने दुई कार्यकाल उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन माओवादी केन्द्रमा छैटौँ वरियतामा परेका छन्।
हाल माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। यस्तैमा पार्टीको वेबसाइट अद्यावधिक गर्दै पुनलाई शीर्ष नेताहरूको सूचीमा छैटौँ स्थानमा राखिएको हो। सूचीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो स्थानमा छन् भने त्यसपछि क्रमशः वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्नि सापकोटा र पम्फा भुसालको नाम छ।
जनयुद्धकालदेखि प्रचण्डनिकट रहँदै आएका पुन उनकै पहलमा सक्रिय राजनीतिमा फर्किएका हुन्। उपमहासचिव जनार्दन शर्मा र नेता वर्षमान पुनको बढ्दो प्रभावबीच प्रचण्डले उनलाई औपचारिक रुपमा पुनः पार्टीमा ल्याएको बुझिएको छ।
हाल माओवादी केन्द्रको स्थायी कमिटी ४६ सदस्यीय बनेको छ। त्यसमा उपराष्ट्रपति पुनसँगै नेसपाबाट आएका सिन्धुलीका गंगानारायण श्रेष्ठ पनि समावेश छन्। श्रेष्ठ २३औँ वरियतामा छन्।
यता नेकपा (एमाले) ले भने पूर्वराष्ट्रपति भण्डारीलाई कुनै औपचारिक जिम्मेवारी वा सल्लाहकार भूमिकाबाट समेत बाइपास गरेको छ। भने पार्टी सदस्यता समेत खोसेको छ । पार्टीको नेतृत्व तहमा उनीप्रति सम्मान जनाइएको देखिए पनि भूमिकाविहीन बनाइएको विश्लेषण भइरहेको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया