नयाँ प्रशासकीय अधिकृत आएनन्, पुरानैले फेरि सम्हाले गाउँपालिका !

सिन्धुलीमाढी, १९ साउन —  सिन्धुली जिल्लाका दुई स्थानीयतह—गोलन्जोर र हरिहरपुरगढी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नआएपछि वरिष्ठतम कर्मचारीहरूले नै पुनः जिम्मेवारी सम्हाल्ने भएका छन् ।

गोलन्जोर गाउँपालिकामा कृषि अधिकृत चन्द्रकान्त चौधरी र हरिहरपुरगढी गाउँपालिकामा जनस्वास्थ्य अधिकृत दीपेन्द्र पैकराले कार्यवाहक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका हुन । यसअघि पनि उनीहरू यही भूमिकामा कार्यरत थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गोलन्जोरका प्रमुख प्रशासकीय अधिकृत साजन अधिकारीलाई जिल्ला समन्वय समिति दोलखा र हरिहरपुरगढीकी दीपशिखा आलेलाई जिल्ला समन्वय समिति रसुवा सरुवा गरेको छ। नयाँ शाखा अधिकृतहरूले पालिका नै नटेकी उनीहरू सिधै अन्यत्र सरुवा भएपछि रिक्त रहेको पदमा पुनः वरिष्ठतम कर्मचारीहरूलाई जिम्मेवारी दिइएको हो।

गत साउन ७ गते मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूले समयमै कार्यस्थलमा हाजिर नगरेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै स्पष्ट निर्देशनसमेत दिएको थियो। साथै, वरिष्ठतम कर्मचारीहरूलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकारसमेत पहिले नै खारेज गरिसकेको मन्त्रालयले पुनः चन्द्रकान्त चौधरी र दीपेन्द्र पैकरालाई पालिकाको आर्थिक तथा प्रशासनिक सञ्चालनको अधिकार दिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर