जनार्दनलाई धेरै स्पेस दिएकाले मैमत्त भए – हरिबोल गजुरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीभित्रको पछिल्लो आन्तरिक विवाद र नेतृत्वको संघर्षबारे तिखो टिप्पणी गरेका छन्। स्थायी समिति बैठकमा उनले अर्का उपमहासचिव जनार्दन शर्मालाई धेरै ‘स्पेस’ दिँदा उनी ‘मैमत्त’ भएको आरोप लगाएका छन्।

गजुरेलका अनुसार, कम्युनिष्ट पार्टीमा नेतृत्व पाउन रचनात्मक सहयोग र रचनात्मक प्रतिवाद दुवै आवश्यक हुन्छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यही प्रक्रिया पार गरेर नेतृत्व सम्हालेको उनले बताए। तर, अहिलेको संघर्ष ‘मैत्रीपूर्ण’ नभएको र यसले पार्टीलाई संकटमा पार्न सक्ने चेतावनी उनले दिए।

उनले भने, “अहिलेको संघर्ष मैत्रीपूर्ण छैन, जनार्दनलाई धेरै स्पेस दिएकाले मैमत्त भएको हो।” गजुरेलको यो टिप्पणीले माओवादी केन्द्रभित्र उग्र बन्दै गएको आन्तरिक मतभेदलाई थप उजागर गरेको छ।

स्थायी समितिको बैठकमा भावी नेतृत्व र पार्टी एकताको विषयमा गम्भीर छलफल भइरहेका बेला गजुरेलले जनार्दनप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। पार्टीभित्र देखिएको यो विवादले आगामी समयमा माओवादी केन्द्रको राजनीतिक चाललाई प्रभाव पार्ने संकेत गरेको विश्लेषकहरूले बताइरहेका छन्।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर