भीमानमा प्रहरीको फन्दामा परे लागुऔषध तस्कर! खैरो हिरोइनसहित चार जना पक्राउ

सिन्धुली, १४ साउन — सिन्धुलीको भीमान चेकपोष्टमा प्रहरीले एकैदिन दुई समूहबाट खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थसहित चार जनालाई रंगेहात पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जना विदेशी नागरिकसमेत रहेका छन्।

हिजो साउन १३ गते मंगलबार चेकजाँचका क्रममा शंका लागेपछि प्रहरीले खोजतलासी गर्दा लागुऔषधसहितको रहस्यमय खुलासा भएको हो।

पक्राउ परेका व्यक्तिहरूमा भारत बिहार राज्य खजुरवाड, जोगवनी–५ का ३० बर्षीय  मोहम्मद रिजवान  र  ३५ बर्षका मोहम्मद इकरार रहेका छन्। उनीहरूको साथबाट ११.५०० ग्राम खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको छ।

त्यस्तै, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ का ३५ बर्षका सरोज बास्तोला र सर्लाहीको ईश्वरपुर–१४ का अशोक हिङ्ममाङको साथबाट थप १६.४०० ग्राम लागू औषध बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीले भने, “शंकास्पद गतिविधिपछि गरिएको चेकजाँचबाट लागुऔषध बरामद गरिएको हो। अहिले अनुसन्धान गहिरो बनाइएको छ।”

चारै जनालाई इलाका प्रहरी कार्यालय भिमानमा राखी अनुसन्धान भइरहेको छ। साउन १४ गते जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान गर्न म्याद थपिएको छ।

अब प्रहरीले यो लागुऔषध ओसारपसारको जालो कता–कता फैलिएको छ भन्ने पत्ता लगाउन अनुसन्धान थप तीव्र बनाएको छ। प्रहरीका अनुसार यो ‘सञ्जाल’ निकै संगठित र अन्तरप्रादेशिक हुन सक्ने आशंका छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

-->

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर