चुरेमा बाख्रा चराउन जाँदा भालुको आक्रमण ! ८३ वर्षीय वृद्ध गम्भीर घाइते

सिन्धुली, ९ साउन । दुधौली नगरपालिका–३ कालापानीमा बाख्रा चराउन गएका एक वृद्ध जङ्गली भालुको आक्रमणमा परेर गम्भीर घाइते भएका छन्।
सिन्धुली प्रहरी प्रमुख उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसा अनुसार ८३ वर्षीय चन्द्रबहादुर बस्नेतलाई शुक्रबार दिउँसो घर नजिकैको चुरे जंगलमा अचानक भालुले आक्रमण गरेको थियो।
भालुले बस्नेतको दायाँ हात र दायाँ खुट्टामा गम्भीर चोट पुर्याएको छ। घटनापछि साथमा रहेका छिमेकी वीरबहादुर श्रेष्ठले तत्काल उद्धार गरी दुधौली नगर अस्पताल सिर्थौलमा पुर्याए। तर प्राथमिक उपचारपछि अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ।
घाइते बस्नेतको घाउ गहिरो र गम्भीर भएकाले हाल बोल्नसमेत नसक्ने अवस्थामा रहेको परिवारले बताएको छ। स्थानीयवासीले जंगल नजिक बस्ती भएकाले भालुको जोखिम बढ्दै गएको भन्दै सरोकारवालालाई सतर्कता अपनाउन डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख रामकुमार भण्डारीले आग्रह गरेका छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया