हिजो, आफ्नै साथीहरूले छुरा प्रहारगरी ह*त्या गरिएका युवक भारतीय भएको पुष्टि

सिन्धुली, ६ साउन । हिजो सिन्धुलीमा आफ्नै साथीहरूले छुरा प्रहार गरी हत्या गरेका युवक भारतीय नागरिक भएको पुष्टि भएको छ। हत्या गरिएका ती व्यक्ति भारतको बिहार, सीतामढी जिल्लाको भवदेपुर, वडा नं. ११ का पंकज कुमार भगवत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
पंकज सोमबार दुधौली नगरपालिका–२ लङ्गुरखोलास्थित मधुगङ्गा महादेव मन्दिर दर्शनका लागि आएका थिए। दर्शनपछि फर्कने क्रममा दुधौली नगरपालिका–२ कै लामीडाँडास्थित घिसिङ टोलमा तीर्थयात्रामा साथमै आएका साथीहरूले नै छुरा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।
घटना पछि आरोपित साथीहरू फरार भएका छन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सिमोन घितालको टोली पुगेर अनुसन्धान गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य प्रकाश सुवेदीले जानकारी दिए।
मृतकको हिचान सिन्धुली अस्पतालमा उनका दाजु रञ्जित भगतले गरेका हुन्। पहिचानपछि कानुनी प्रक्रिया पूरा गरी शवको पोष्टमार्टम प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।