सिन्धुलीमा तीर्थयात्रीको आफ्नै साथीबाट हत्या, पाँच जना फरार

सिन्धुली, ५ साउन । दुधौली नगरपालिका–२ लङ्गुरखोलास्थित मधुगङ्गा महादेव मन्दिर दर्शनका लागि आएका एक तीर्थयात्रीको आफ्नै साथीहरूले हत्या गरेका छन्।
वडाध्यक्ष रितेश राउतका अनुसार मन्दिर दर्शनको क्रममा तीर्थयात्री समूहमै रहेका एक युवकलाई साथीहरूले छुरा प्रहार गरी हत्या गरेका हुन्। मृतक नेपाली हुन्, वा भारतीय हुन पहिचान नभइसकेको साथै घटनामा संलग्न पाँच जना फरार रहेका र खोजी कार्य सुरु गरिएको उनले जानकारी दिए। तर स्थानीयहरूले भने घटनास्थलमा गोली चलेको आवाज समेत सुनेको दाबी गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुवेदीले घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सिमोन घिताल र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीको टोली जाँदै गरेको जनाकारी दीए । प्रहरीले विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया