सिन्धुली प्रहरीले  खुर्कोटबाट समात्यो ४० लाखको कपडा र कार

सिन्धुली, २ साउन /  ईलाका प्रहरी कार्यालय खुर्कोटले चेकजाँचका क्रममा ठूलो परिमाणमा बिलबिजक नभएको सामान बरामद गरेको छ।

शुक्रबार चेकजाँचका क्रममा बा प्र–०१–०३१ च ८३५९ नम्बरको कारबाट लत्ताकपडा बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुवेदीका अनुसार बरामद गरिएका कपडाको अन्दाजी मूल्य ५ लाख १४ हजार ९ सय रुपैयाँ रहेको छ भने सो कारको मूल्य ३५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। यसरी बरामद गरिएका कार र सामानको जम्मा मूल्य करिब ४० लाख १४ हजार ९ सय रुपैयाँ बराबर रहेको छ ।

बरामद गरिएका सामान र सवारीसाधनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वर पठाइएको प्रहरीले जनाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर