सन्तोष दाहालको एनआरएनए आइसिसी सदस्य पदमा उम्मेदवारी घोषणा

अस्ट्रेलियामा रहँदै आएका समाजसेवी सन्तोष दाहालले गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

‘सहानुभूति, सहभागिता र सेवा’ को मूल मन्त्रसहित आफूले उम्मेदवारी अघि सारेको दाहालले बताएका छन्। विगत दुई दशकदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका दाहाल नेपाली समुदायमा सक्रिय सामाजिक नेतृत्व र सेवामूलक कार्यका लागि चिनिन्छन्।

सन् २०११ देखि २०१५ सम्म एनआरएनए अस्ट्रेलिया राष्ट्रिय समितिको कार्यकारी सदस्यका रूपमा दुई कार्यकाल निर्वाचित भएर जिम्मेवारी सम्हालेका दाहाल सन् २०१९ को निर्वाचनमा महासचिव पदका उम्मेदवार बनेका थिए। ती निर्वाचनमा उनले व्यापक जनसमर्थन प्राप्त गर्दै उपविजेता स्थान हासिल गरेका थिए।

उमेदवारी घोषणा गर्दै दाहालले भनेका छन्, “मेरो एनआरएनएसँगको सम्बन्ध कुनै पदको लालसा होइन, ‘एक नेपाली सधैँ नेपाली’ भन्ने भावनाको प्रतिबिम्ब हो।”

उनले एनआरएनएलाई सबै प्रवासी नेपालीहरूको साझा संस्था बनाउने तथा समावेशी संरचना निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, प्रवासमा आर्जन गरेको सीप, ज्ञान र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने आफ्नो दृष्टिकोण रहेको बताएका छन्।

दाहालले नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेका छन्। साथै, एनआरएनए र अन्य संघसंस्थाबीच भाइचाराको सम्बन्ध सुदृढ गर्दै, राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय समितिबीच पुलको रूपमा काम गर्ने दृष्टिकोण घोषणा पत्रमा उल्लेख छ।

वंशजको नागरिकता सुनिश्चित गर्न कानुनी पहल र प्रभावकारी लबिङमा समेत सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दै दाहालले आगामी २०२५ मा हुने आइसिसी निर्वाचनमा अत्यधिक मतसहित आफूलाई विजयी गराउन सम्पूर्ण मतदातामा अपील गरेका छन्।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर