अनेरास्ववियु फिक्कलले एसइईमा उत्कृष्ट नतिजा ल्याएका विद्यालय र विद्यार्थीलाई सम्मान गर्यो

सिन्धुली, २८ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) फिक्कल गाउँपालिका कमिटीले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ।
फिक्कल गाउँपालिका–२ मा रहेको श्री माध्यमिक विद्यालय सुम्नाम सुन्तले चण्डीभञ्ज्याङले फिक्कल गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा सबैभन्दा उच्च ग्रेड प्राप्त गरेकाले विद्यालयलाई सम्मान गरिएको हो।
साथै सोही विद्यालयका चित्र बहादुर सुनुवार, मिलन थापा मगर र भिमकुमारी राना ल ३.६० जीपीए ल्याई उत्कृष्टता हाँसिल गरेकाले उनीहरूलाई पनि नगद पुरस्कार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो।
कार्यक्रमको उद्देश्य मेहनती विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु र अन्य विद्यार्थीलाई पनि उत्कृष्ट नतिजातर्फ प्रेरित गर्नु रहेको अनरेरस्ववियु फिक्कल गाउँपालिका कमिटी अध्यक्ष गणेश काफ्लेले बताएका छन्।
सम्मान कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु सिन्धुलीका कार्यवाहक अध्यक्ष ललित रजन मगर रहेका थिए। भने कार्यक्रममा वडा नं. २ का अध्यक्ष शंकर भण्डारी, अनेरास्ववियु जिल्ला कमिटी सदस्य बद्री गौतम, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।
अनेरास्वियुले हरेक वर्ष यसरी मेहनत गर्ने विद्यार्थीहरूलाई कदर गर्दै सम्मान गर्ने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।