मेरो अबको लक्ष्य पार्टी अध्यक्ष बन्ने हो — विद्या भण्डारी
 													काठमाडौँ, २७ असार / पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिले नेकपा एमालेको नेता भनेर भन्न मिल्ने बताएकी छन्। उनले आगामी पार्टी अध्यक्ष बन्ने आफ्नो लक्ष्य खुलेर बताएकी छन्।
बिहीबार इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा भण्डारीले सरकारी सेवा–सुविधा छोडेर राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएकी बताइन्। उनी भन्छिन्, “व्यक्तिगत पदलोलुपता वा महत्त्वाकांक्षा होइन, राष्ट्रिय आवश्यकताका विषयमा सक्रिय हुन आएको हुँ।”
केही साताअघि मात्रै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीले अबको प्राथमिकतामा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, उद्योग, कृषि, रोजगारीका माध्यमबाट अर्थतन्त्र सबलीकरण, शिक्षा–स्वास्थ्यको गुणस्तर वृद्धि र जलवायु परिवर्तनका चुनौतीहरू रहेको उल्लेख गरिन्।
कार्यक्रममा ‘यी सबै गर्न अध्यक्ष बन्न आवश्यक छ ?’ भन्ने प्रश्नमा उनले स्पष्ट ‘हो’ भनिन्।
हालका अध्यक्ष केपी शर्मा ओलीबारे भने भण्डारीले दुई कार्यकाल अध्यक्ष भइसकेका उनी दोहोरिएर नेतृत्वमा नआउने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “मैले चिनेको केपी ओली त्यस्तो व्यक्ति होइनन्।”
पार्टीभित्रका विगतका विभाजन र गुटबन्दी स्वीकार्दै उनले त्यसलाई समाधान गरी एमालेलाई अझ सुदृढ बनाउने अठोट व्यक्त गरिन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
								
 © माईशिर डटकम
							


 											
 											
 											
 											
 											
 
 
 
 
 
 
 
फेसबुक प्रतिक्रिया