लागुऔषध खाएर गाडी चलाएका ६ जना चालक पक्राउ

सिन्धुली, २६ असार /  लागुऔषध सेवन गरेर गाडी चलाएका ६ जना चालकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। भिमान बसपार्कमा गरिएको विशेष सवारी जाँच अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सडक दुर्घटना रोकथाम तथा ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत बीपी राजमार्ग र मदन भण्डारी राजमार्गमा चल्ने सवारी साधनमा लागुऔषध सेवन परीक्षण गरिएको थियो। ७४ वटा सवारी साधन परीक्षण गर्दा ६ जनाले लागुऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुली, धनुषा, उदयपुर, महोत्तरी लगायतका विभिन्न ठाउँका ट्रक, बस र टिपर चालकहरू रहेका छन्। उनीहरूले सिन्धुली, जनकपुर, कटारी, महेन्द्रनगर र चपुरतर्फ गाडी चलाइरहेका बेला परीक्षण गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, प्रहरी उपरीक्षक लालध्वज सुवेदी, जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी, जिल्ला ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय भिमानको संयुक्त टोलीले सवारी चालकहरूको परीक्षण गरेको हो।

लागुऔषध सेवन गरेर गाडी चलाएको पाइएपछि पक्राउ परेका चालकहरूमाथि इलाका प्रहरी कार्यालय भिमानमा राखेर अनुसन्धान भइरहेको छ। प्रहरीले यस्ता सचेतना र जाँच अभियानलाई अझ कडाइका साथ अगाडि बढाउने जनाएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर