सिन्धुलीको फिक्कल गाउँपालिकाले गर्‍यो, १२ उत्कृष्ट कर्मचारीलाई सम्मान !

सिन्धुली, असार २६ / सिन्धुलीको फिक्कल गाउँपालिकाले १७औँ गाउँसभा विशेष अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना कर्मचारीलाई सम्मान गरेको छ। विभिन्न शाखा, वडा र स्वास्थ्य संस्थामा खटिएर उदाहरणीय सेवा पुर्‍याउने कर्मचारीहरूलाई “उत्कृष्ट कर्मचारी पुरस्कार” प्रदान गरिएको हो।

गाउँपालिकाले सम्मानित गरेका कर्मचारीहरू यस प्रकार छन्:

  • नारायण प्रसाद अधिकारी – सामाजिक विकास शाखा
  • जगदीश प्रसाद यादव – सोल्पाठाना स्वास्थ्य चौकी
  • ज्ञान बहादुर गुर्मछान – योजना शाखा
  • देवेन्द्र पहाडी – पशु प्राविधिक, वडा नं. २
  • कमल बहादुर थापा – वडा सचिव, वडा नं. २
  • आशिष श्रेष्ठ – भौतिक पूर्वाधार शाखा
  • रिता मगर – अ.न.मि., खाङसाङ स्वास्थ्य चौकी
  • विजया घिमिरे – कृषि प्राविधिक, वडा नं. ४
  • लेख बहादुर खड्का – हलुका सवारी चालक
  • सम्झना मगर – नगर प्रहरी
  • रमेश बहादुर सार्की – पञ्जीकरण शाखा
  • ईन्द्र बहादुर क्याप्छाकी मगर – कार्यालय सहयोगी

सम्मानितमध्ये सामाजिक विकास शाखाका नारायण प्रसाद अधिकारीले सम्मानप्रति खुसी व्यक्त गर्दै भने, “जागिरे जीवनको यो क्षण मेरो लागि अत्यन्तै अविस्मरणीय र खुशीको क्षण हो। फिक्कल गाउँपालिकाको १७औँ गाउँसभा विशेष अधिवेशनको अवसरमा उत्कृष्ट कर्मचारी सेवा पुरस्कारबाट सम्मानित हुन पाउनु मेरो लागि गर्वको कुरा हो। यस सम्मानले जिम्मेवारी अझ बढेको महसुस भएको छ।” उनले थपे, “यो सम्मान गर्नुहुने फिक्कल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सम्पूर्ण पदाधिकारी, मूल्यांकन समिति र सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। आगामी दिनहरूमा अझ जिम्मेवार, इमानदार र सेवामुखी भएर काम गर्ने प्रेरणा मिलेको छ।”

कार्यक्रममा फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै भनिन्, “जनतासँग सिधा सम्बन्ध राख्ने कर्मचारीहरूको भूमिकाले नै सेवाप्रवाहको गुणस्तर निर्धारण गर्छ। उत्कृष्ट सेवा दिने कर्मचारीहरूलाई सम्मान गरेर हामी सबै कर्मचारीमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाउने उद्देश्य राखेका छौं।”


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर