युवतीलाई प्रेमको जालमा पारेर बेचे, तिमल्सिना अन्ततः १६ वर्षपछि पक्राउ

सिन्धुली, २५ असार / मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १६ वर्षदेखि फरार रहेका काठमाण्डौ गोकर्णेश्वर नगरपालिका- २ का राजन तिमल्सिना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुवेदीका अनुसार तिमल्सिनाले २०६५ पुस २ गते काठमाण्डौस्थित सुन्दरीजलमा बसोबास गर्ने पिडितलाई विवाहको आश्वासन दिई भारत लगेर बेचबिखन गरेका थिए।
उनले तत्कालीन सिन्धुलीस्थित हाज्मा कम्पनीमा काम गर्ने क्रममा सोही कम्पनीमा पियनको रुपमा कार्यरत परिवर्तित नाम “कमलामाई (१४)” नामकी महिलालाई फकाएर भारत लगेका थिए। पीडितको दिदीले काठमाण्डौ प्रहरीमा जाहेरी दिएपछि सो घटनाको अनुसन्धान सुरु गरिएको थियो। त्यसयता तिमल्सिना फरार थिए।
प्रहरीको निरन्तर अनुसन्धानपछि उनी हाल काठमाण्डौको गोकर्णेश्वर नगरपालिका- २ मा लुकीछिपी बसिरहेको अवस्थामा असार २४ गते हिजो ( मंगलबार) पक्राउ गरिएको हो।
उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरी हाल ५ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।