सिन्धुलीमा २ जनाको हत्या गरेर फरार भएका थापा २२ वर्षपछि दाङबाट पक्राउ

सिन्धुलीमाढी, २५ असार / सिन्धुलीमा २०६० सालमा श्रीमान–श्रीमतीको विभत्स हत्या गरेर फरार रहेका केदार सिंह थापा २२ वर्षपछि दाङबाट पक्राउ परेका छन्।

उदयपुरको साविक मयङ्खु गाविस–६ (हाल कटारी नगरपालिका–१३) निवासी ५७ वर्षीय थापाले २०६० साल पुष ६ गते राति सिन्धुलीको साविक अरुणठाकुर–८ (हाल दुधौली नगरपालिका–१३) निवासी ४५ वर्षीय रत्नबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया दुर्गामाया कार्कीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।

उक्त घटनापछि फरार रहेका थापाविरुद्ध मृतकका छोरा दुर्गा बहादुर कार्कीले सोही वर्ष प्रहरीमा किटानी जाहेरी दिएका थिए। प्रहरी अनुसन्धानका क्रममा घटनामा थापाको संलग्नता पुष्टि भए पनि उनी लामो समयदेखि फरार थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार थापा पछिल्लो समय दाङको लमही नगरपालिका–९ स्थित जलकुण्डी क्षेत्रमा लुकिछिपि बस्दै आएका थिए। सूचना र विशेष निगरानीका आधारमा असार १३ गते उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार पक्राउ परेका थापालाई सिन्धुली ल्याएर जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ अनुसन्धान थालिएको छ। उनलाई मुलुकी फौजदारी संहिताअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर