सरकारको कर नीति विरुद्ध सुनचाँदी व्यवसायी

सिन्धुली, २३ असार /  सरकारले सुनमा २ प्रतिशत विलासिता कर र बहुमूल्य हीरा तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको भन्दै सिन्धुलीका सुनचाँदी व्यवसायीहरूले लामो समयदेखि विरोध प्रदर्शन गर्दै आएका छन्।

सिन्धुली सुनचाँदी व्यवसायी संघले जेठ २७ गतेदेखि जिल्लाभरिका सबै सुनचाँदी पसल बन्द गरी कर नीति विरुद्ध २८ दिनदेखि निरन्तर विरोध प्रदर्शन गरिरहेको छ। व्यवसायीहरूले करले उनीहरूको व्यापारमाथि ठूलो भार परेको र उपभोक्ताहरूलाई समेत समस्या भएको गुनासो गरेका छन्।

आज सुनचाँदी व्यवसायी र कालिगढहरूले जिल्ला प्रशासन कार्यालय र करदाता सेवा कार्यालयमा शान्तिपूर्ण विरोध प्रदर्शन गरी करदाता सेवा कार्यालय प्रमुख मनोज न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा सरकारले लागू गरेको कर नीति पुनर्विचार गरी व्यवसायीहरूको अवस्था सुधार्न माग गरिएको छ।

व्यवसायीहरूले आन्दोलनका क्रममा आर्थिक समस्या थपिए पनि सरकारलाई आफ्नो समस्या बुझाउने र सहकार्य गर्न तयार रहेको बताएका छन्। उनीहरू सरकारसँग सहुलियतपूर्ण कर नीति बनाउन आग्रह गर्दै आएका छन्।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर