महेन्द्रझ्याडी स्वास्थ्य चौकी जिल्लाकै नमूना

सिन्धुली, २१ असार / हरिहरपुरगढी गाउँपालिका–४ मा रहेको महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई सिन्धुली जिल्लाकै नमूना स्वास्थ्य संस्था घोषणा गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुलीले आयोजित कार्यक्रममा न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा सबैभन्दा बढी ९० अंक प्राप्त गरेपछि स्वास्थ्य चौकीलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो।
जनस्वास्थ्य कार्यालयका प्रमुख विमल पटेलले गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबालाई प्रमाणपत्रसहित आवश्यक सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा ९ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले पनि स्वास्थ्य चौकीको अवलोकन गरेका थिए।
कार्यक्रमको अध्यक्षता वडा नं. ४ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार राईले गरेका थिए भने गाउँपालिका अध्यक्ष वाइबाले स्वास्थ्य चौकी जिल्लाकै नमूनामा छनोट भएकोमा खुशी व्यक्त गर्दै उत्कृष्ट सेवा निरन्तरता दिन प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष वाइबाले स्वास्थ्य सेवा सुधारका लागि जस्तोसुकै चुनौती आए पनि त्यसलाई व्यवस्थापन गर्दै सेवा स्तरलाई उच्च बनाउन लागिपर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।