भक्तपुरमा युवतीमाथि जबरजस्ती करणी, सिन्धुलीका युवक पक्राउ

भक्तपुर / जबरजस्ती करणीको आरोपमा सिन्धुलीका एक युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्ने युवक दुधौली नगरपालिका–१२, सिन्धुली स्थायी घर भई हाल काठमाडौंको नक्सालमा बस्दै आएका २४ वर्षीय तिलक घिसिङ हुन्।

प्रहरीका अनुसार घिसिङले असार ४ गते भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बागेश्वरीमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उजुरीको आधारमा अनुसन्धान गर्दै सोमबार साँझ उनलाई नियन्त्रणमा लिएको हो।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर