सिन्धुली प्रशासनले बीपी राजमार्गमा रातिको यात्रुवाहक सवारीमा थप एक महिना रोक लगायो

सिन्धुली, असार २० /  मनसुन सक्रिय भई बाढी तथा पहिरोको जोखिम बढेको भन्दै सिन्धुली जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गमा रातिको समयमा यात्रुवाहक सवारी सञ्चालनमा थप एक महिनाका लागि रोक लगाउने निर्णय गरेको छ।

प्रशासकीय अधिकृत प्रविण कटुवालद्वारा जारी विज्ञप्तिमा असार २१ गते साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेगरी सार्वजनिक तथा निजी यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको जनाइएको छ।

 सिन्धुली प्रशासनका अनुसार मनसुन सक्रिय भएकाले कुनै पनि बेला बाढी र पहिरोको कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनसक्ने भन्दै यात्रु सुरक्षा सुनिश्चित गर्न यस्तो कदम चालिएको हो।

यसअघि सिन्धुली, काभ्रे र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकबाट १५ दिनका लागि रातिको यात्रुवाहक सवारीमा रोक लगाउने निर्णय भएको थियो। त्यस अवधिमा पनि असार ७ गतेदेखि बेलुका ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको थियो।

तर बाढीपहिरोको जोखिम कायमै रहेकाले सिन्धुली प्रशासनले सावधानी स्वरूप रोकको अवधि एक महिनासम्म थप गरेको हो।

सिन्धुली प्रशासनले बीपी राजमार्गको  सिन्धुलीमाढी – खुर्कोट – नेपाल्थोक हुँदै काठमाण्डौंतर्फ जाने सबै सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनका लागि यो निर्णय लागू हुने जनाएको छ। यात्रुवाहक सवारीसाधनका चालक र सरोकारवालालाई सो अवधिमा सडक प्रयोग नगर्न अपिल गरेको छ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर