मोरङका श्रेष्ठ लागुऔषधसहित सिन्धुलीबाट पक्राउ

सिन्धुली, १५ असार । मोरङतर्फ जाँदै गरेको भ्यानबाट लागू औषधसहित एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय भिमान र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले २०८२ असार १४ गते भिमान चेकपोइन्टमा काठमाडौँबाट मोरङतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख ३३६१ नम्बरको भ्यान जाँचका क्रममा लागू औषध ट्रामाडोल बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार मोरङको पोखरी नगरपालिका–४ घर भएका अन्दाजी ४० वर्षीय दुर्गाप्रसाद श्रेष्ठको साथबाट ट्रामाडोल फेला परेको हो।

डिएसपी सुवेदीले भने, “उनको साथबाट ट्रामाडोल बरामद भएको छ। लागू औषध ओसारपसारमा संलग्न आशंकामा उनलाई नियन्त्रणमा लिइएको छ, थप अनुसन्धानका लागि असार १५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप लिइएको छ।”

हाल पक्राउ परेका श्रेष्ठमाथि इलाका प्रहरी कार्यालय भिमानबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर