रवि लामिछानेको समर्थनमा रास्वपाको हस्ताक्षर अभियान, आजबाट सिन्धुलीमा सुरु [तस्बिरहरू]

सिन्धुली, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा देश–विदेशमा चलाइएको हस्ताक्षर अभियान आजबाट सिन्धुलीमा पनि सुरु भएको छ। सहकारी ठगी प्रकरणमा कारागारमा रहेका लामिछानेमाथि भएको राजनीतिक दमनको विरोधमा रास्वपाले असार ७ गते माइतीघरबाट थालिएको अभियानलाई जिल्लामा व्यापक बनाउने लक्ष्य राखेको छ।

रास्वपाले आज शनिबार बिहान ९ बजे कमलामाई नगरपालिका अगाडि पार्किङ क्षेत्रमा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला सभापति अविनास बस्नेतले भने, “सभापति लामिछानेमाथि राजनीतिक शक्ति दुरुपयोग गरेर अन्याय गरिएको छ। त्यसविरुद्ध आम नागरिकको एकता देखाउन हस्ताक्षर अभियान सुरु गरेका हौं।”

उनका अनुसार, अभियानलाई दुधौलीको खनियाँ बजारसहित जिल्लाका नौ वटै पालिकामा चरणबद्ध रूपमा विस्तार गरिनेछ। साथै देश–विदेशमा रहेका नेपालीहरू अनलाइन र अन्य माध्यमबाट पनि यस अभियानमा सहभागी भई समर्थन जनाउन सक्नेछन्।

रास्वपाले लामिछानेमाथि राज्य संयन्त्रको दुरुपयोग गरी मुद्दा लगाइएको आरोप लगाउँदै आएको छ र न्याय दिलाउन हस्ताक्षर अभियान निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ। रास्वपा असार ७ गते, २०७९ मा स्थापना भएको पार्टी हो

तस्बिरहरुः


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर