ओलीकै नेतृत्व अपरिहार्य, विद्यालाई रोक्नुपर्छ — उमा कोइराला

सिन्धुली, असार १४। नेकपा (एमाले) केन्द्रीय सदस्य उमा कोइरालाले पार्टीको नेतृत्व केपी शर्मा ओलीकै हुनुपर्ने स्पष्ट पारेकी छन्। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशका लागि भइरहेको चर्चा आवश्यक नरहेको भन्दै रोक्नुपर्ने धारणा राखेकी छिन् ।

मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा सिन्धुलीमा आयोजित माल्यार्पण सभामा बोल्दै कोइरालाले भनिन्, अब अध्यक्ष केपी ओली नै हुन्। अहिले विद्याजीको नाम अघि ल्याउनु आवश्यक छैन। विद्या जी! लाई अगाडी ल्याएर राजनितिक रोटी सेक्न केही साथीहरू लाग्नु भएको छ । त्यो अहिले सम्भव छैन । अव हुने विधान महाधिवेशन र ११ औं महाधिवेनले पुनः केपी ओलीलाई नै अध्यक्ष बनाउनेमा विश्वास लिएको छु ।

उनले पार्टीभित्रका असमझदारी र गुटगत गतिविधिका विषयमा पनि उल्लेख गर्दै भनिन्, पार्टीमा समस्या र असमझदारी पर्न सक्छ, तर आन्तरिक छलफलमार्फत समाधान गर्नुपर्छ। बाहिर चाहिँ एकताको सन्देश दिनुपर्छ।

कोइरालाले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै भनिन्, मदनको विचार र ओलीको नेतृत्व नै आजको आवश्यकता हो।

यसैबीच, मदन भण्डारीको जन्मजयन्तीका अवसरमा देशभर कार्यक्रमहरू भइरहेका छन्। शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, पूर्वराष्ट्रपति भण्डारीलगायत शीर्ष नेताहरूको सहभागितामा विशेष कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा ओली र भण्डारीले दिने सम्भावित सन्देशले पार्टीभित्रको नेतृत्व बहसमा थप ऊर्जा दिने अनुमान गरिएको छ।

कार्यक्रमको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको जनताको बहुदलीय जनवाद – मदनको नीति, विद्याको नेतृत्व भन्ने पोस्टरले पार्टीभित्र नयाँ बहसको संकेत दिएको छ। तर कोइरालाले भने स्पष्ट रूपमा ओलीकै निरन्तरताको पक्षमा उभिएको सन्देश दिएकी छन्।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर