मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा एमाले सिन्धुलीद्वारा आजाद स्मृति भवनमा माल्यार्पण

सिन्धुली, असार १४ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिन्धुलीले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आज सिन्धुलीमाढीस्थित जिल्ला पार्टी कार्यालय रहेको आजाद स्मृति भवनमा माल्यार्पण सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको छ।

कार्यक्रम एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एमाले केन्द्रीय सदस्य उमा कोइराला, बागमती प्रदेश सदस्य रशमिला देवकोटा, डोरकुमारी बोगटी, उपाध्यक्ष कर्ण घिसिङ, जिल्ला पदाधिकारी, सदस्यहरू तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेताहरूले मदन भण्डारीको तस्वीरमा माल्यार्पण गर्दै उहाँको योगदानको स्मरण गरे र उहाँको विचारलाई पछ्याउँदै पार्टीलाई सुदृढ गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर