भीमानबाट लागुऔषधसहित एक समातिए, फिक्कलका तामाङसहित दुई काठमाडौँबाट पक्राउ

सिन्धुली १३ असार । भिमान चेकपोष्टमा प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ, भने घटनासँग सम्बन्धित थप दुई जनालाई काठमाडौँबाट नियन्त्रणमा लिई सिन्धुली ल्याइएको छ।
इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले बिहीवार सर्लाही बरहथवा नगरपालिका–७ का ३० वर्षीय बिक्रम चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। चौधरी बर्दिबासबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०१५५ नम्बरको यात्रुबाहक इभी भ्यानमा सवार थिए। जाँचका क्रममा उनीसँग नाईट्राभेट १० नामक लागुऔषध ९६ पत्ता र ट्रामाडोल १,४५० पत्ता बरामद भएको प्रहरीले जानकारी दिएको छ।
अनुसन्धानका क्रममा चौधरीले श्रीमतीलाई बर्थडे पार्टीमा जान लागेको भनेर झूठ बोलेर लागुऔषध ओसारपसारमा निस्केको खुलेको प्रहरीले जनाएको छ।
त्यसैगरी घटनासँग सम्बन्धित थप दुई जनालाई प्रहरीको लागुऔधष व्युरोले काठमाडौँबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक ठुलोपाखर गाउँपालिका–६ का २६ वर्षीय सफल श्रेष्ठ र सिन्धुली फिक्कल गाउँपालिका–६ का राहुल तामाङ रहेका छन्।
तीनै जनामाथि लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा ४ (घ), (ङ), (च) र दफा १४ (झ) बमोजिमको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यस्तै, चालु आर्थिक वर्षमा सिन्धुली प्रहरीले ४० वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरी ८१ जनालाई पक्राउ गरेको र सो क्रममा २३३ ग्राम ६३३ मिलिग्राम खैरो हेरोइन, २९२ किलो गाँजा, ३३ हजार १२९ थान ट्याब्लेट, तथा ९४ बोतल लागुऔषधयुक्त झोल पदार्थ बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।