युवा सम्मेलनमा जलवायु र बालश्रमको मुद्दा

सिन्धुलीमाढी । सामाजिक जबाफदेहीताका लागि सिन्धुलीमा दुई दिने युवा सम्मेलन सुरु भएको छ। “सम्मानित र समृद्ध जीवनका लागि सामुदायिक सशक्तीकरण” भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलन शनिवार सम्म सञ्चालन हुनेछ।
मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीको आयोजना र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको सम्मेलनमा जिल्लाको दुधौली नगरपालिका, कमलामाई नगरपालिका र मरिण गाउँपालिकाका युवा क्लब, किशोरी क्लब तथा युवा स्वयंसेवक गरी ६३ जनाको सहभागिता रहेको छ।
ह्याण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा सुरु भएको सम्मेलनको पहिलो दिन सहभागी युवाहरूले आफ्नो सफलताको कथा प्रस्तुत गरेका थिए।
कार्यक्रमको पहिलो सत्रमा जलवायु परिवर्तनले युवामा पारेको प्रभाव, विपद् व्यवस्थापनमा युवाको भूमिका, सामाजिक उत्तरदायित्वमार्फत नेतृत्व विकास, सामुदायिक विकासमा युवाको सहभागिता, सरकारी नीति तथा योजना निर्माण प्रक्रियामा युवाको सरोकार, बाल श्रम न्यूनीकरण सम्बन्धी स्थानीय योजना तथा स्थानीय सरकारको नेतृत्वमा भइरहेका पहलहरूमा युवाको भूमिकाबारे समूहगत छलफल गरिएको थियो।
आयोजक संस्थाका अनुसार सम्मेलनले युवालाई सामाजिक उत्तरदायित्वप्रति जागरूक गराउने र समुदायमा उनीहरूको सक्रिय भूमिका सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
तस्विरहरूः

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर