पोखरीमा डुबेर ८ वर्षीय बालिकाको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका–११, मरघट्टीस्थित पोखरीमा डुबेर एक ८ वर्षीय बालिकाको मृत्यु भएको छ।
दुई धारा सिँचाइ संस्थाले निर्माण गरेको मरघट्टी सानोचौरीको पोखरीमा बुधवार दिउँसो ४ बजे पौडी खेल्ने क्रममा ममता सुनुवार डुबेकी थिइन्।
खानेपानी लिन गएका संगम सुनुवार (१२ वर्ष) ले डुबिरहेको देखेपछि उनलाई पोखरीबाट निकालेर कटारी नगर अस्पताल लगिएको थियो। तर साँझ करिब ५:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया