सिन्धुलीमा चुरे संरक्षण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सिन्धुली, ३ असार । चुरे उत्थानशील आयोजना कार्यालय, सिन्धुलीले हिजो (सोमबार) चुरे संरक्षण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।  “चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई” भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिएको हो।
उक्त कार्यक्रम प्रदेश आयोजना व्यवस्थापन इकाई, चुरे उत्थानशील आयोजना, सिन्धुलीको आयोजनामा तथा श्री माध्यमिक विद्यालय, दुधौली–११ पत्रिङ्गाको समन्वय र सहकार्यमा सम्पन्न भयो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव कटुवालले गरेका थिए भने आयोजना प्रमुख मेघनाथ काफ्ले प्रमुख अतिथि थिए।
वृक्षारोपण कार्यक्रममा चुरे उत्थानशील आयोजना अन्तर्गत बागमती प्रदेश इकाईका प्रमुख चूडामणि खतिवडा, आयोजना तथा अनुगमन अधिकृत प्रलेश बस्नेत, अन्य कर्मचारी, सम्बन्धित वडाका जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत अशोक, धुपी, अम्बा, ज्याकारान्डा, आँप लगायतका करिब २०० वटा बिरुवा रोपिएको आयोजक संस्थाले जानकारी दिएको छ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर