प्रधान सेनापति अशोकराज सिग्देललाई सैनिक कलेजको गौरवपूर्ण सम्मान

काठमाडौं, ३० जेठ । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीले नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई “कलेज हल अफ फेम” (College Hall of Fame) सम्मान गरेको छ ।
कलेजमा आयोजित विशेष दीक्षान्त समारोह (अधिष्ठापन समारोह) मा शिक्षाध्यक्ष उपरथी चोक बहादुर ढकालले प्रधान सेनापति सिग्देललाई “सम्मान पत्र” प्रदान गरेका थिए ।
उनले विशिष्ट सेवा, कुशल नेतृत्व र नेपाली सेनाको सर्वोच्च पदमा पुगेर राष्ट्र सेवामा पुर्‍याएको योगदानलाई उच्च सम्मान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाइएको छ।
सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट तालिम लिएर नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्त हुने महारथी सिग्देल तेस्रो व्यक्ति हुन्। यसअघि महारथी पूर्णचन्द्र थापा र महारथी प्रभुराम शर्माले पनि यही सम्मान प्राप्त गरेका थिए ।
कार्यक्रमको अवसरमा प्रधान सेनापतिले कलेजको निरीक्षण गर्दै भौतिक संरचना, तालिमका कार्यक्रमहरू र व्यवस्थापनका पक्षहरूबारे जानकारी लिएका थिए । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र प्राध्यापकहरू, सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रमुखहरू, पूर्व प्रधान सेनापतिहरू, नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त उच्च पदस्थ अधिकृतहरू, कलेजका पूर्व शिक्षाध्यक्षहरू, साथै स्वदेशी र विदेशी शिक्षार्थीहरूको उपस्थिति रहेको थियो।
कलेजको परम्परा अनुसार, कलेजबाट तालिम लिई विशिष्ट पदमा पुग्ने व्यक्तिहरूलाई विशेष सम्मान दिइने र उनीहरूको तस्बिर कलेजको विशेष कक्षमा राखिने प्रचलन रहेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय