नेपाली सेनाको नेतृत्वमा सिन्धुलीमा संयुक्त विपद् प्रतिकार्य अभ्यास सम्पन्न

सिन्धुली, २९ जेठ । नेपाली सेनाको श्री भवानी बक्स गण, ठूलिटार ब्यारेकको आयोजनामा र जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा “विपद् प्रतिकार्य मनसुन अभ्यास–मनसुन नम्बर ५” सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ८ स्थित मई स्थान कमला नदी क्षेत्रमा सम्पन्न भएको छ।
अभ्यासमा जिल्लाका प्रमुख सुरक्षा निकाय र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालय सिन्धुली, कमलामाई नगरपालिका, जिल्ला प्रहरी कार्यालय सिन्धुली, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सिन्धुली, नेपाल रेडक्रस सोसाइटी सिन्धुली लगायत करिब १ सय १५ जनाको उपस्थिति रहेको थियो।
अभ्यासमा मुख्य रूपमा पानीमा डुबेका र बगिरहेका व्यक्तिहरूको उद्धार, भीरमा अड्किएका व्यक्तिको र्‍यापलिङ विधिबाट उद्धार, जिपलाइनबाट खोलापारी फसेका व्यक्तिको उद्धार र प्राथमिक उपचारद्वारा घाइतेलाई अस्पताल पुर्‍याउने अभ्यासहरू गरिएका थिए। रबर बोटमार्फत बाढी प्रभावित क्षेत्रबाट उद्धार तथा नदी पार गर्ने तालिम पनि दिइएको थियो।
प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले भने, “विपद् पूर्व तयारी र समन्वय नै सबैभन्दा महत्त्वपूर्ण सुरक्षा पक्ष हो। नेपाली सेनाले आयोजना गरेको यो अभ्यासले जिल्लामा आपत्कालीन उद्धार क्षमतामा ठुलो वृद्धि गर्नेछ। सबै सरोकारवालाबिच सहकार्य र तयारीका लागि यस्ता अभ्यास आवश्यक छन्।”
नेपाली सेनाले नेतृत्व गर्दै सबै सहभागी निकायसँग समन्वय गरी वास्तविक परिस्थितिमा उद्धारका लागि आवश्यक सबै प्रक्रिया अभ्यास गराइएको थियो । जिल्लाका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह र समुदायले मिलेर जनताको जीवन रक्षा र सुरक्षित व्यवस्थापनमा तत्परता देखाएका छन्।
श्री भवानी बक्स गणका प्रमुख सेनानी बद्री कुँवरले भने, “यस अभ्यासले कठिन परिस्थितिमा उद्धारका सबै तरिका र समन्वय अभ्यास गर्ने अवसर प्रदान गर्‍यो। आगामी विपद् अवस्थामा छिटो र प्रभावकारी उद्धारका लागि हामी तयार छौँ।”
तस्विरहरु
रबर बोटमार्फत उद्धार अभ्यास गरिरहेको टोलीको तस्विर
खोला पार्ने अभ्यास (River Crossing Drill) 
प्राथमिक उपचार (MFR) दिइरहेको तस्विर
उद्धार गरिरहेको दृश्य

सहभागी टोलीहरूको सामूहिक तस्विर

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर