हनुमान मन्दिर परिसरमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

दुधौली, २७ जेठ । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ स्थित हनुमान मन्दिर परिसरमा सोमबार दिउँसो एक पुरुषको शव फेला परेको छ। प्रारम्भिक अनुसन्धानपछि मृतकको पहिचान सोही वडाका ६४ वर्षीय किसुन कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुवेदीलका अनुसार किसुन कुमर मानसिक रूपमा सन्तुलित थिएनन् र मिति २०८२ साल जेठ १८ गते घरबाट कुनै जानकारी नदिई बाहिरिएका थिए। उनी बेपत्ता भएको केही दिनपछि स्थानीयहरूले मन्दिर परिसरमा अपरिचित शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दुधौली र ईलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेको थियो।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर