विपद् उद्धार सामग्रीको जिम्मा सिडिओलाई…

सिन्धुलीमाढी । विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले खोज तथा उद्धार सामग्रीहरू जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीलाई हस्तान्तरण गरिएको छ।
मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्मालाई औपचारिक रूपमा सामग्री हस्तान्तरण गरेको हो।
बुधवार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आयोजित कार्यक्रममा विपद्पश्चात् उद्धारका लागि आवश्यक मानिने १० प्रकारका सामग्रीहरू(जसमा लाइफ ज्याकेट, टर्च, आगो निभाउने उपकरण, डोरी, रेनकोट लगायत रहेका छन्) हस्तान्तरण गरिएको थियो।
ह्याण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष वासुदेव अधिकारीले यस्ता सामग्रीहरूले विपद्का बेला हुन सक्ने जनधनको क्षति न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी शर्माले विपद् व्यवस्थापन एकल प्रयासले सम्भव नहुने भन्दै सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, सञ्चारकर्मी र सर्वसाधारणबिच सहकार्य आवश्यक रहेको धारणा राखे। साथै उनले, प्राप्त सामग्रीहरू सुरक्षा निकायहरूलाई हस्तान्तरण गरिने जानकारी दिए।
ह्याण्ड्स नेपाल सिन्धुलीका परियोजना अधिकृत नवराज श्रेष्ठले हस्तान्तरण गरिएका सामग्रीहरूको कुल लागत रु ४ लाख ४६ हजार ५ सय ७६ रहेको जानकारी दिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
प्रतिक्रिया