हनुमान मन्दिर परिसरमै भेटियो मृत पुरुष! कसको शव हो यो?

दुधौली, २७ जेठ । सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित दुधौली बजारको हनुमान मन्दिर परिसरभित्र एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ।
स्थानीय वासीहरूले अपरिचित पुरुषको शव मन्दिर परिसरमा देखेपछि सोमबार दिउँसो प्रहरी चौकी दुधौलीलाई जानकारी दिएका थिए। जानकारी पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो।
घटनास्थललाई सुरक्षित राख्दै थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन ईलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको नेतृत्वमा थप टोली परिचालन गरिएको छ।
शवको पहिचान अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार मृतकको उमेर करिब ६० देखि ६५ वर्षको हाराहारीमा रहेको र स्थायी ठेगाना समेत अज्ञात रहेको बताइएको छ।
प्रहरीका अनुसार शवको प्रारम्भिक अवस्था हेर्दा कुनै पनि बाह्य चोटपटक देखिएको छैन तर मृत्युको कारण पुष्टि हुन बाँकी रहेको छ। शवलाई पोष्टमार्टमका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
मृतक को हुन् र मन्दिर परिसरमा कसरी आइपुगे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर