गौतमले भने: ‘२०८४ को निर्वाचन डिजिटल प्रचारको युद्ध हो, तयारी नगरे हार्नेछौं

भक्तपुर २४ जेठ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी र नेतृत्वमाथि आक्रमण हुँदा पनि पार्टी कार्यकर्ताले मौन बस्न नहुने बताएका छन्।
शुक्रवार भक्तपुरमा आयोजित प्रचार कार्यशालामा बोल्दै गौतमले पार्टी र नेतृत्वको विरुद्ध चलिरहेको चौतर्फी आक्रमणको सन्दर्भमा पार्टीका नेताहरूको मौनता दुर्भाग्यपूर्ण भएको धारणा राखे।
उनले भने, “पार्टी माथि गलत आरोप लगाएर आक्रमण गर्दा पनि हामी धेरै नेता नै मौन बसेका छौँ। यसमा कुनै पनि कार्यकर्ताले मौन बस्न नपर्ने हो।”
गौतमले पार्टीको काम र जनहितको कार्यलाई जनतासम्म पुर्याउन सञ्चार क्षेत्रको महत्त्वलाई पनि चिन्हित गरे। उनले पार्टीको तर्फबाट देश र जनताको हितमा भएका कामलाई जनतासम्म पु¥याउन सञ्चार संस्थासँग सघन सम्पर्क र सम्बन्ध स्थापित गर्नुपर्ने बताए।
“२०८४ को निर्वाचनको तयारीमा डिजिटल प्रचार अत्यन्त महत्वपूर्ण छ। यदि यो तयारी नगरे भने हामी ठूलो समस्यामा पर्न सक्छौँ,” गौतमले थपे।
उनले स्थानीय तहका जनप्रतिनिधि र पत्रकारहरूको बीचमा रहेको ठुलो ग्यापलाई चिन्हित गर्दै यसलाई सन्तुलित बनाउनुपर्नेमा जोड दिएका छन्।
गौतमको भनाइ अनुसार, पार्टी प्रचारको काम सबैभन्दा महत्वपूर्ण छ, र यसलाई प्रभावकारी रूपमा सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत जनतासम्म पुर्याउनु पर्ने आवश्यकता छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।