सिँचाइको लागि बनाइएको पोखरीमा डुबेर सिन्धुलीमा ९ वर्षीया बालिकाको मृत्यु

हरिहरपुरगढी । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–३ बनौलीमा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर एक ९ वर्षीया बालिकाको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ११ बजे घरदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको तिनकुना खोलानजिकको पोखरीमा पौडी खेल्ने क्रममा प्रतिमा राई डुबेकी थिइन्। उनी प्रकाश राईकी छोरी हुन्।
डुबेको अवस्थामा बालिकालाई उनका बुबाले उद्धार गरी तत्कालै उपचारका लागि मकवानपुर जिल्लाको बाग्मती गाउँपालिका स्थित सान्भी मेडिकलमा लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मकवानपुर पठाउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया