‘एमाले जनतामा भिजेको पार्टी हो, चौतर्फी घेराबन्दी चिर्न सशक्त प्रचार आवश्यक’ – महासचिव पोखरेल

भक्तपुर, २२ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले जनतामाझ गहिरोसँग भिजेको पार्टी भएको बताएका  छन् ।
बिहीबार भक्तपुरमा एमालेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
उनले  पार्टीको सुदृढीकरणका लागि जनतासँग सिधा संवाद र भ्रमको चिरफार अत्यावश्यक रहेको उल्लेख गरे। “अहिले पार्टी र नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको छ। यसलाई चिर्न अत्यावश्यक छ,” पोखरेलले भने “हामीले संगठन, विचार र जनसम्पर्कलाई अझ सबल बनाउँदै जनताबिच सत्य सन्देश पु¥याउनुपर्छ।”
त्यसै गरी पार्टीलाई सहयोग पुग्ने गरी गहिरो विश्लेषण र यथार्थमा आधारित कन्टेन्टसहित प्रचार गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, नेता तथा कार्यकर्ताहरू पार्टी र नेतृत्वप्रति मनमा रहेका प्रश्न र शंका हरूमा स्पष्ट हुनुपर्ने र भ्रम चिर्न नेतृत्व र पार्टी निर्णय नै आधार हुने उनको भनाइ छ।
“प्रचारको काममा नेतृत्व गर्नेहरू धेरैभन्दा धेरै अपडेट हुनुपर्छ। भ्रम चिर्ने जिम्मेवारी नेतृत्व र पार्टी निर्णयको हो। त्यसलाई बुझेर प्रचारको दिशा तय गर्नुपर्छ,” पोखरेलले स्पष्ट पारे। उनले पछिल्लो समय राजावादी समूहहरूद्वारा चर्काइएको आन्दोलनप्रति टिप्पणी गर्दै भने, “राजावादीहरूको आन्दोलनबाट डराउनु पर्ने अवस्था छैन। बरु उनीहरूको प्रतिगामी एजेण्डाको प्रस्ट विरोध गर्नुपर्छ।” उनले संवैधानिक व्यवस्था र जनताले रोजेको गणतान्त्रिक मूल्यको रक्षा गर्न सबै सचेत कार्यकर्ताहरू एकजुट हुनुपर्ने बताए ।
भोलिसम्म चल्ने कार्यशालामा बागमती प्रदेश भिन्न रहेका जिल्लाहरूबाट एमाले   प्रचार तथा प्रकाशन विभागका प्रमुख र सचिव, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष तथा सचिवहरू लगायतको उपस्थिति रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर