प्रहरी सहायक निरीक्षकमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

सिन्धुली, २१ जेठ २०८२ । नेपाल प्रहरीको सेवा क्षेत्रमा समर्पित प्रहरी वरिष्ठ हवल्दार दीर्घ बहादुर कार्की पदोन्नति भएर प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ७३११ र प्रहरी महानिरीक्षकको २०८२ जेठ १९ को निर्णयअनुसार प्रहरी वरिष्ठ हवल्दारबाट सहायक निरीक्षकमा बढुवा गरिएको हो।

सहायक निरीक्षकमा कार्कीलाई बुधवार (आज) जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा औपचारिक समारोहबिच सिन्धुली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । साथै, उनले पदोन्नति सँगै अझ जिम्मेवार, इमान्दार र जनउत्तरदायी भूमिकामा रहेर काम गर्न आग्रह गरे ।
समारोहमा जिल्ला प्रहरीका अधिकृतहरू, अन्य सुरक्षाकर्मी तथा कर्मचारीहरूको उपस्थिति थियो।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
प्रतिक्रिया