प्रहरीमा मुद्दा मिलाई दिन्छु भनी ठगी 

सिन्धुलीमाढी। प्रहरीको थुनुवाको विभिन्न मुद्दा मिलाइदिने भनेर दलाली गर्ने बिचौलिया सक्रिय रहेको  तथ्य बाहिरिएको छ ।
सिन्धुलीको ईलाका प्रहरी कार्यालय भीमानमा  अनुसन्धानको क्रममा  रहेका मुद्दा मिलाई दिन्छु , ‘प्रहरी हिरासतबाट छुटाई दिन्छु’ भनी थुनुमा रहेका थुनुवाहरूको परिवार र आफन्तलाई फोन गरेर रकम  असुली गरेको रहस्य  बाहिरिएको छ। लागुऔषध कारोबारमा प्रहरी हिरासतमा रहेका  आफ्ना श्रीमान छुटाउन १ लाख ३० हजार रकम बिचौलीयाले दिएको खातामा जम्मा गरेर,एक महिला श्रीमान लिन घटना मंगलवार (हिजो) प्रहरी कार्यालय भीमान पुगेपछि घटना बाहिरिएको हो ।
ती अज्ञात व्यक्तिले भीमान प्रहरी हिरासतमा रहेका थुनुवाका परिवार/ आफन्तहरूलाई विभिन्न होटलहरूको खातामा पैसा जम्मा गर्न लगाएको र उक्त जम्मा गरेको प्रमाण लिएर सिन्धुली अदालत अगाडी आएर भेट्न बोलाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार, ती बिचौलियाले यस विषयमा प्रहरी,वकिल र अदालतमा कसैलाई पनि नभन्न र यदि भनेमा हिरासतबाट नछुटाउने धम्की समेत दिएका थिए । प्रहरीले छानबिन गरिरहेका मुद्दाको सूचना चुहावट हुनुले प्रहरी सङ्गठन भित्र नै संशय पैदा भएको छ।   यस घटनाले प्रहरी वृत्तमा खैलाबैला मच्चिएको छ।  प्रहरी कै संलग्न भएको हुन् सक्ने आशंका गरिएको छ।
ईलाका प्रहरी कार्यालयमा थुनामा रहेको सम्पूर्ण थुनुवाहरूको मुद्दाको फाइल मिलाइदिन्छु, भनेर एक अपरिचित पुरुषले म सरकारी वकिल कार्यालयको मान्छे  हुँ  भनेर थुनुवाको परिवारहरूसँग २० हजार देखि  १ लाख ३० हजारसम्म  ठगी गरेको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए ।
एसपी सुवेदीको अनुसार, उक्त व्यक्तिले बुटवल, काठमाडौँ लगायत विभिन्न होटलहरु को खातामा रकम पठाउन लगाएर  ठगी गरेको बताए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर