सिन्धुलीका ९ पालिकालाई ४ अर्ब ९ करोड अनुदान !  (कुन पालिकालाई कति बजेट ?)

सिन्धुलीमाढी, २० जेठ २०८२ ।  संयीय सरकारबाट आगामी आर्थिक वर्ष २०८२/ ०८३ मा सिन्धुलीका ९ सथानीयतहलाई  ४ अर्ब ९ करोड बढी वित्तीय हस्तान्तरण मार्फत बजेट विनियोजन भएकोे छ । आर्थिक वर्ष २०८२/०८३ का लागि गरिएको बजेट भाषण मार्फत उक्त बजेट विनियोजन गरिएको हो । संघीय सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान प्रदेश तथा स्थानीय तहलाई पठाउने गरिएको छ ।

सरकारले वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा ४ अर्ब ९ करोड ७ लाख बजेट विनियोजन गरेको हो । सरकारले सिन्धुलीका २ नगरपालिकामा कुल १ अर्ब ४१ करोड ३९ लाख बजेट प्रदान गरेको छ। भने  ७ गाउँपालिकालाई २ अर्ब ६७ करोड ३८ लाख रकम विनियोजन गरेको छ ।

सिन्धुलीले सबैभन्दा बढी सशर्त अनुदान बापत २ अर्ब ८८ करोड ७१ लाख बजेट पाउने भएको छ । सरकारले चालुतर्फ ३ अर्ब ७९ करोड ६० लाख र पुँजीगततर्फ २९ करोड ४७ लाख गरी सो बराबरको रकम विनियोजन गरेको हो ।

यस्तै, जिल्लामा वित्तीय समानीकरण बापत १ अर्ब १ करोड ९६ लाख अनुदान आउने भएको छ । त्यसमध्ये पनि न्यूनतम अनुदान बापत ४० करोड ५० लाख, सूत्रमा आधारित अनुदान बापत ५६ करोड ८९ लाख र कार्यसम्पादनमा आधारित अनुदान बापत ४ करोड ५७ लाख बजेट विनियोजन भएको छ ।

समपूरक अनुदान बापत ७ करोड र विशेष अनुदान बापत ११ करोड ४० लाख बजेट विनियोजन भएको छ । विशेष अनुदान बापत भने चालुतर्फ ७ करोड ९२ लाख र पुँजीगततर्फ ३ करोड ४८ लाख रहेको छ ।

सिन्धुलीले ३ अर्ब ७९ करोड ६० लाख र पुँजीगततर्फ २९ करोड ४७ लाख गरी ४ अर्ब ९ करोड ७ लाख अनुदान पाउने भएको हो । चार अनुदानमध्ये समपूरक अनुदान बाहेक अन्य अनुदानको रकम पुँजीगत भन्दा चालुतर्फ बढी हुने गरेको छ ।

 

कमलामाईमा समपूरक बजेट शून्य!

सिन्धुलीका ९ स्थानीय तह मध्य कमलामाई नगरपालिकाले सबैभन्दा बढी अनुदान पाउने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको अनुदानबापत सबैभन्दा बढी ७५ करोड ४९ लाख बजेट पाउने भएको हो । त्यसमध्ये सबैभन्दा बढी सशर्त अनुदान बापत ५६ करोड ५५ लाख वित्तीय समानीकरण बापत १८  करोड ५ लाख, विशेष अनुदान बापत ८९ लाख बजेट पाउनेछ । भने कमलामाईले समपूरक बजेट नपाउने भएको छ ।

त्यस्तै दुधौली नगरपालिकाले ६६ करोड २० लाख अनुदान पाउने भएको छ ।  समानीकरणतर्फ १६ करोड ९२ लाख, सशर्त तर्फ ४७ करोड २० लाख, विशेषतर्फ ७४ लाख र समपूरकतर्फ १ करोड ३४ लाख प्राप्त गर्ने भएको छ ।

 

गाउँपालिकातर्फ तीनपाटनमा बढी

जिल्लाको तीनपाटन गाउँपालिकाले ५४ करोड ८३ लाख अनुदान पाउने भएको छ । तीनपाटनले सशर्त अनुदान बापत ४१ करोड २१ लाख, समनीकरण बापत १२ करोड १७ लाख समपूरक अनुदान बापत ६० लाख र विशेष तर्फ ५४ करोड ८३ लाख अनुदान पाउने भएको हो ।

यसैगरी, गोलन्जोर गाउँपालिकाका लागि ३४ करोड ३४ लाख बजेट विनियोजन भएको छ । गोलन्जोरले सशर्त तर्फ २४ करोड ३२ लाख, समानीकरणतर्फ ७ करोड ७५ लाख, समपूरकतर्फ ६० लाख तथा विशेषतर्फ ६७ लाख अनुदान पाउनेछ । घ्याङलेख गाउँपालिकाले समानीकरण बापत ७ करोड २९ लाख, सशर्त तर्फ १५ करोड २५ लाख, समपूरक तर्फ ९१ लाख गरी कुल २३ करोड ४५ लाख बजेट पाउने सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरणमा उल्लेख छ । घ्याङलेख गाउँपालिकालाई यसवर्ष विशेष अनुदान दिएको छैन ।

जिल्लाको फिक्कल गाउँपालिकाले पनि ३४ करोड ४२ लाख बराबरको अनुदान प्राप्त गरेको छ । समनीकरणतर्फ ८ करोड ९ लाख, सशर्त तर्फ २४ करोड, विशेषतर्फ १ करोड ६५ लाख र समपूरकतर्फ ६८ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै सरकारले मरिण गाउँपालिकालाई ४६ करोड ९२ लाख अनुदान रकम विनियोजन गरेको छ । जसअनुसार सशर्त तर्फ ३१ करोड १३ लाख पाउँदा समनीकरणतर्फ १० करोड ६७ लाख, समपूरकमा ९७ लाखा प्राप्त गरेको मरिणले ३ करोड ९५ लाख विशेष अनुदान पाएको छ ।

यता सुनकोशी गाउँपालिकाले २४ करोड ४५ लाख सशर्त, ९ करोड १ लाख समानिकरण अनुदान, १ करोड विशेष अनुदान र ९७ लाख समपूरक सहित कुल ३५ करोड ४३ लाख बजेट प्राप्त गरेको छ । भने, हरिहरपुरगढी गाउँपालिकाले ३७ करोड ९९ लाख बजेट पाएको छ । जसमा १० करोड ८१ लाख समानीकरण, २४ करोड ६० लाख सशर्त अनुदान, ९३ लाख समपूरक र १ करोड ६५ लाख विशेष अनुदान पाएको अर्थ मन्त्रालयले जनाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर