बागमती प्रदेशसभाबाट दुई उद्योग सम्बन्धी विधेयक सर्वसम्मत पारित

हेटौँडा । बागमती प्रदेश सभाले सोमबारको बैठकबाट दुई वटा महत्त्वपूर्ण विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सोमवार बसेको प्रदेश सभाको बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरू पारित भएका हुन् ।
सभामुख भुवन कुमार पाठकले दुवै विधेयक निर्णयार्थ पेस गर्दा बैठकले सर्वसम्मत रूपमा विधेयकहरू पारित गरेको घोषणा गरेका थिए । विधेयकमाथिको छलफलका लागि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले प्रतिवेदनसहितको प्रस्ताव पेस गरेकी थिइन् । छलफलका क्रममा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार पारेको प्रतिवेदनमाथि प्रदेशसभा सदस्यहरूले व्यापक रूपमा सहभागिता जनाएका थिए ।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तामाङले संशोधनले प्रदेशभित्र सञ्चालित उद्योग र व्यवसायहरूलाई अझ सशक्त बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले संशोधन पश्चात् उक्त विधेयकले औद्योगिक व्यवसायीहरू लाई आफ्ना व्यवसायी सञ्चालन गर्नका लागि धेरै सहज हुने भन्दै उद्यमी व्यवसायीहरू समेत बढ्ने आशा लिएकी छन् ।
उनले विधेयकमार्फत कानुनी जटिलता समाधान भई उद्योगी तथा व्यवसायीका लागि सहज वातावरण तयार हुने दाबी गरिन् । प्रदेश सभा सचिवालयका अनुसार पारित भएका विधेयकहरू प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रमाणीकरण भएपछि कानुनी रूपले ऐन बन्नेछन् ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर