दुधौलीमा मोटरसाइकल र अटोको ठोक्किएर दुर्घटना, ६ जना घाइते २ अवस्था गम्भीर

दुधौली,१७ जेठ २०८२ । मदनभण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ९ खोरभञ्याङमा मोटरसाइकल र अटोको ठोक्किँदा ६ जना घाइते भएका छन्।
शनिवार अपराह्न साँढे चार बजे बर्दिबासबाट सुनसरी तर्फ जाँदै गरेको ज ११ प २०५९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको प्र२-०१-००१ ह १००६ नम्बरको अटो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका हुन् ।
घाइतेहरूमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका ५ का २५ वर्षीय अनमोल लिम्बु, मोटरसाइकल मै सवार सोही ठाउँका २७ वर्षका सागर राई , अटोमा सवार भारत नागरिक अरुण पण्डित, धनुषा नगराइन-५ की अनिता देवी शाह, उनका छोरा अभिमन्यु शाह र महोत्तरी मठियानी- ४ कि सङ्गीता कुमारी शाह रहेका छन्।
घाइतेहरू मध्ये अनमोल लिम्बु र अरुण पण्डितको अवस्था गम्भीर रहेकोले उनीहरूलाई धरान घोपा अस्पतालमा रिफर गरिएको छ।
अन्य घाइतेहरूको उपचार दुधौली स्थित हेन्डस अस्पताल र नगर अस्पताल सिर्थौलीमा भइरहेको छ।
दुर्घटनाग्रस्त सवारी साधनहरू प्रहरी चौकी दुधौलीको नियन्त्रणमा राखिएको छ। दुर्घटनाको कारण र विवरण थप अनुसन्धान अन्तर्गत रहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया