प्रथम गोकुलगंगा खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि दीपेन्द्र र सोमको जोडीलाई

सिन्धुलीमाढी । रामेछापको गोकुलगंगामा सम्पन्न खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि सिन्धुलीका दीपेन्द्र ध्वज बस्नेत र सोमबहादुर श्रेष्ठको जोडिले हात पारेको छ ।
‘गणतन्त्र दिवस २०८२ ’ को असरमा जेठ १५ र १६ गते गोकुलगंगा गाउँपालिकाको कभर्डहलमा सञ्चालित खेलमा खुला पुरुष तर्फको फाइनल खेल दीपेन्द्र ध्वज बस्नेत र सोम बहादुर श्रेष्ठ (सिन्धुली) र महेश भट्टराई , तेज बहादुर खत्री (खाँडादेवी) बिच खेल भएको थियो ।
दीपेन्द्र ध्वज बस्नेत र सोम श्रेष्ठको जोडीले २१-१९पहिले सेट जितेको थियो भने त्यस पछि, दोस्रो सेट २०-२२ महेश भट्टराई, तेज बहादुर खत्री जोडीले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेटमा २१-१४ अङ्क सहित सिन्धुलीका बस्नेत र श्रेष्ठको जोडीले उपाधि जितेको हो।
प्रथम हुने जोडीले ट्रफि सहित नगद ३० हजार प्राप्त गरेको छ भने उपविजेता हुने २० हजार रुपैयाँमा चित्त बुझाएको छ । त्यस्तै तृतीय हुने जिरीले १५ हजार नगद प्राप्त गरेको छ । प्रतियोगितामा कुल २४ टिमको सहगातिता रहेको थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया