दोलखाका तामाङ १०५ किलो लागूऔषध गाँजा सहित हेटौंडाबाट पक्राउ

हेटौंडा । हेटौंडाबाट १०५ किलो लागूऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १५ रातोमाटे स्थित चेकपोष्ट अगाडी सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले गाँजा, पकिअप गाडी सहित एक जनालाई पक्राउ गरेको हो ।
हेटौडाबाट कलैयातर्फ जादै गरेको बा प्र ०१–०३० च १०४६ नंबरको पिकअप गाडीलाई रोकी चालक दोलखा जिरी नगरपालिका वडा नम्बर–१ बस्ने ३२ वर्षिय अम्मर बहादुर तामाङलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
पिकअप गाडी भित्र लुकाई ९ वटा पोकामा १०५ किलो ९०० ग्राम गांजा फेला परेको हुंदा उक्त गांजा तथा पिकअप गाडी समेतलाई बरामद गरी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।