कमलामाईका १४ जनालाई मोटरसाइकल मर्मत तालिम

सिन्धुलीमाढी, १६ जेठ २०८२ । कमलामाईका १४ जना बेरोजगार तथा वैदेशिक रोजगारीमा गएर फर्किएका युवाहरूलाई रोजगार बनाउने उद्देश्यले मोटरसाइकल मर्मत तालिम सञ्चालन गरिएको छ ।
मोटरसाइकल मर्मत तालिमको उद्घाटन कमलामाई नगरपालिकाका कार्यवाहक मेयर पूर्णबहादुर खड्काले शुक्रवार उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि समेत रहेका कमलामाई नगरपालिकाका -५ का वडा अध्यक्ष एवम्  कार्यवाहक मेयर  खड्काले सीप सिकेर व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । सीप सिक्ने बित्तिकै रोजगार बन्न सक्ने र अहिले मोटरसाइकल नहुने घर नै नभएकाले स्वरोजगार बन्ने गतिलो माध्यमलाई सदुपयोग गर्न उनले आग्रहसमेत गरे ।
कमलामाई नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा १४ वटै वडाका १४ जना युवाहरूलाई सीप सिकाई दक्ष बनाउने र रोजगारी सिर्जना गर्ने गरी निःशुल्क तालिम सञ्चालन गरिएको रोजगार संयोजक श्याम कुमार घलानले जानकारी दिए ।
पछिल्लो समयमा युवाहरूको उद्देश्य विदेश मात्रै भन्ने र देशमा केही छैन भन्ने भाष्य निर्माण भएकाले त्यसको न्यूनीकरण गरी स्वदेशमा नै स्वरोजगार बनाउने गरी एक महिनाको मोटरसाइकल मर्मत (मेकानिकल) तालिम सञ्चालन गरिएको रोजगार संयोजक घलानले बताए । साथै, तालिमको सहजीकरण गेहेन्द्र श्रेष्ठले गर्ने छन् ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर