गणतन्त्र दिवसको अवसरमा एमालेद्वारा विरामीहरुलाई फलफूल वितरण 

सिन्धुली, १५ जेठ २०८२। गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) कमलामाई नगर कमिटिले सिन्धुली अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागितामा अस्पतालमा भर्ना भएका ३२ जना विरामीलाई यो सहयोग पुर्याइएको हो।

नगर कमिटीका अध्यक्ष सुन्दर घिसिङले गणतन्त्र दिवसको महत्त्व र यसले समाजसँग साझेदारी गर्ने पार्टीको प्रतिबद्धताको रूपमा यो कार्यक्रम आयोजना गरिएको बताए। उनले यसरी सामाजिक उत्तरदायित्व निर्वाह गर्ने पार्टीको प्रयास अगाडि बढाइने पनि जनाए।

साथै बेलुका लोकतान्त्रिक चोकमा दीप प्रज्वलन र कोण सभा गरी गणतन्त्र दिवस मनाइने घिसिङले बताए। नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनालाई सम्झने र यसको महत्त्व जनमानसमा पु¥याउन देशभर विभिन्न कार्यक्रम आयोजना भएका छन्।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर