सिन्धुलीमा बडहरको रुखबाट लडेर महिलाको मृत्यु

सिन्धुली, १४ जेठ । घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
मङ्गलवार तीनपाटन–११ बासिन्दा ६१ वर्षीय भुइँमाया तामाङले आफ्नै घरबाट रहेको बडहरको रुखमा घाँस काट्दै गर्दा दुर्घटनावश खस्न पुगेकी हुन्।
घटनाको समयमै उनलाई उपचारका लागि लगिए तापनि उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लाल ध्वज सुवेदीले जानकारी दिए।
एसपी सुवेदीका अनुसार, घटनाको जानकारी पाएपछि स्थानीय प्रहरी चौकी चकमकेको टोली घटनास्थल पुगेर पोस्टमार्टमको प्रक्रिया अघि बढाएको थियो। पोस्टमार्टम पश्चात् मृतकको शव आफन्तले बुझेर लगेका छन्। प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया