एमाले र भक्तपुर अस्पतालबिच २०% छुट सम्झौता

काठमाण्डौ, १३ जेठ । नेकपा (एमाले) सिन्धुली – काठमाण्डौ सम्पर्क मञ्च र भक्तपुर इन्टरनेशनल अस्पताल प्रा.लि बिच सिन्धुलीका बिमारीहरूलाई विभिन्न स्वास्थ्य सेवामा २०% सम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ।
मङ्गलवार सम्पर्क मञ्चका अध्यक्ष बिना श्रेष्ठ र अस्पतालका कार्यकारी अधिकृत रामजी श्रेष्ठबिच सम्झौता-पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार, सिन्धुलीका बिमारीहरूले उक्त अस्पतालमा उपचार, जाँच र अन्य स्वास्थ्य सेवाहरूमा २०% छुट पाउनेछन्।
कार्यक्रममा सम्पर्क मञ्चका इन्चार्ज ध्रुव श्रेष्ठ, उपाध्यक्ष रमेश काफ्ले, सचिवालय सदस्यहरू रामशरण पौडेल, कैलाश कार्की लगायत अस्पतालका प्रतिनिधिहरूको उपस्थित थियो।
यो पहलले सिन्धुलीका निम्न आय भएका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा सहज बनाउने अपेक्षा गरिएको नेकपा (एमाले) सिन्धुली – काठमाण्डौ सम्पर्क मञ्चकी अध्यक्ष विना श्रेष्ठले बताइन। साथै उनले सम्पर्क मञ्चले यस्ता सामाजिक सरोकारका कार्यक्रम निरन्तरता दिने जनाकारी दिइन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया