सुनकोशी नदीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव फेला

सिन्धुली । रामेछाप नगरपालिका–९ का ५१ वर्षीय प्रेम बहादुर भुजेल सुनकोशी नदीमा माछा मार्न गएका बेला बेपत्ता भएको पाँच दिनपछि उनको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार, मिति २०८२ साल जेठ ४ गते दिउँसो करिब २:१५ बजे भुजेल माछा मार्न नदी तर्फ गएका थिए। त्यस दिनदेखि उहाँ बेपत्ता रहनुभएको थियो।
आज बिहान करिब १०:३० बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित वलेनीघाट नजिकै सुनकोशी नदी किनारमा एक जना अज्ञात व्यक्तिको शव फेला परेको स्थानीयवासीले प्रहरीलाई जानकारी दिए। घटनास्थलमा पुगेका प्रहरी टोलीले शव पहिचान गर्दा यो बेपत्ता भएका भुजेलकै हो भन्ने पुष्टि भएको छ।
घटनासम्बन्धी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम