सिन्धुलीको काकाकुल मुर्की र थाङ्ग्रे गाउँमा ‘एक घर एक धारा’ खानेपानी

सिन्धुली ९ जेठ । सिन्धुलीको गोलान्जोर गाउँपालिका-३ मुर्की र थाङ्ग्रेमा ‘एक घर एक धारा’ खानेपानी आयोजनाको औपचारिक रूपमा उद्घाटन गरिएको छ।

शुक्रवार ब्याक टु लाइफ जर्मनीको सहयोग र सीएस.डीएस सिन्धुलीको प्राविधिक सहयोगमा कुल लागत ६३लाखमा निर्माण गरेको  दुई वटा खानेपानी आयोजनाको उद्घाटन गरिएको हो। आयोजनाबाट ४१ परिवार प्रत्यक्ष लाभान्वित हुने छन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष शङ्कर राज बरालले गाउँ गाउँमा खानेपानी पुर्‍याउने सपना पूरा भएको बताए। उनले भने, ‘हामीले गाउँ गाउँमा खानेपानी पुर्‍याउने जुन सपना देखेका थियौँ, आज त्यो सपना यथार्थमा परिणत भएको छ। यस आयोजनाले समुदायको स्वास्थ्य, समयको बचत, शिक्षामा पहुँच र श्रमको उचित प्रयोगमा महत्त्वपूर्ण सुधार ल्याउनेछ। यो केवल एउटा योजना होइन, जीवनशैलीको रूपान्तरण हो।’

खानेपानी आयोजना निर्माणपछि मुर्की र थाँक्रे गाउँका बासिन्दाहरू वर्षौँदेखि खानेपानीको लागि लामो दूरी हिँड्नुपर्ने बाध्यता हटेको उनले बताए। उनले थपे, ‘विशेष गरी महिलाहरूले दिनको दुईदेखि तीन घण्टा पानीको जोहो गर्नमा खर्चिन्थे। अब घर आँगनमै धाराबाट निरन्तर स्वच्छ पानीको पहुँच पुगेको छ, जसले उनीहरूको दैनिक जीवनमा ठुलो सहजता ल्याएको छ।’

सीएस.डीएस सिन्धुलीका प्रतिनिधि विष्णु पौडेल यो आयोजनालाई हामी पूर्वाधारको रूपमा मात्र नभई स्थानीय सशक्तीकरणको प्रतीकको रूपमा लिन्छन्। उनी सुनाउँछन्, ‘योजना चयनदेखि कार्यान्वयन र अपनत्व ग्रहण गर्ने कार्यमा समुदायले जुन प्रतिबद्धता देखायो, त्यसले हामीलाई यसको दिगोपनाको उज्ज्वल सम्भावना देखाएको छ।’

थाङ्ग्रे उपभोक्ता समितिका अध्यक्ष भेषबहादुर बयलकोटीले अब छोरीहरूले पानी बोक्नका लागि विद्यालय छाड्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। उनले भने, ‘यो प्रणाली हाम्रो गाउँको जीवनको अभिन्न हिस्सा हो। अब छोरीहरूले पानी बोक्नका लागि विद्यालय छाड्नुपर्ने छैन । हामी सबै मिलेर यसको संरक्षण र मर्मत सम्भारमा लाग्नेछौँ ।’

पालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले सफा पानी पाउनु कुनै सुविधा नभई नागरिकहरूको अधिकार भएको बताए। उनले थपे, ‘हामीले यो अधिकार सुरक्षित गर्न सफल भयौँ। यस्ता परियोजनाहरूले हामीलाई समृद्ध गाउँको बाटोमा अगाडि बढाउँछन् ।’

सीएस.डीएस सिन्धुलीका परियोजना संयोजक विष्णु पौडेलले कार्यक्रमको समापनमा सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गर्दै भने, ‘आजको यो हस्तान्तरण केवल प्रणालीको स्वामित्वको हस्तान्तरण होइन- यो भविष्यप्रति गरिएको सामूहिक प्रतिबद्धता हो ।’

उद्घाटन समारोहमा गोलन्जोर गाउँपालिकाका  उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने, ब्याक टू लाईफका कार्यकारी प्रमुख डेकेन्द्र लाल ढकाल, प्रोग्राम म्यानेजर अनुप पौडेल, वडाध्यक्ष कृष्णप्रसाद पोखरेल, स्थानीय जनप्रतिनिधिहरू, खानेपानी उपभोक्ता संस्थाका सदस्यहरू, शिक्षक, युवा, र समुदायको उपस्थिति थियो ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर